मेघौलीमा एमालेको स्वास्थ्य शिविर, ४५० जनाको स्वास्थ्य परीक्षण
चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको स्वास्थ्य तथा जनसंख्या विभाग राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ भरतपुर महानगर कमिटीको आयोजनामा चितवनको मेघौलीमा गरिएको वृहत स्वास्थ्य शिविरमा ४५० जना स्थानीयले स्वास्थ्य परीक्षण गराएका छन् ।
भरतपुर २७ मेघौलीको जानकी उच्च मावि परिसरमा भएको शिविरमा जनरल फिजिसियनका २००, स्त्री तथा प्रसुति रोगका १५०, हाडजोर्नीका ७४ र दाँत रोग सम्वन्धी २६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । चितवनका बरिष्ठ फिजसियन डा. विजयप्रसाद पौडेल, डा. प्रतिक न्...



