×

चितवन । समृद्धि फाइनान्स लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत “रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ समृद्धि फाइनान्स कम्पनी लि. नारायणगढ शाखाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार केन्द्र, भरतपुरको सहकार्यमा  शुक्रबार खुल्ला रक्तदान कार्यक्रम सम्पन गरेको छ ।

समृद्धि फाइनान्स लि. नारायणगढ शाखाका शाखा प्रमुख श्री राजु आचार्यको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा न–०१ की कार्य वाहक वडा अध्यक्ष श्री राममाया पियाले गर्नुभएको थियो । उक्त खुल्ला रक्तदान कार्यक्रमबाट ४३ जना रक्तदाताबाट रगत संकलन गरिएको कार्यक्रममा बैङ्ग तथा वित्तय संस्था, बिमा कम्पनी, सुनचाँदी व्यवसायी तथा विविध टोल बिकास संस्थाका ९० जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया