×

चितवन । भरतपुर महानगरपालिका–११ विशालचोकमा रहेको नारायणी इङ्गिलस पब्लिक स्कुलको स्मारिका ‘ सयपत्री’ सार्वजनिक गरिएको छ ।स्कुलको २९औँ वार्षिकोत्सवको समापनको अवसरमा आज स्मारिकाको विमोचन गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख भुमि लाल सुवेदीसहित अन्य शैक्षिक व्यक्तित्वहरुले स्मारिकालाई सार्वजनिक गरेका छन् । ८९ पृष्ठको स्मारिकामा विद्यार्थीका लेखरचनाहरु र विद्यालयका गतिविधिहरु समावेश भएका छन् ।

फागुन ५ गते सुरु भएको वार्षिकोत्सवमा खेलकुद सप्ताहअन्तर्गत भलिबल प्रतियोगिता,ब्याड्मिन्टन र म्युजिकल चियर प्रतियोगिता भएका थिए । यस वर्ष पनि सदाझैँ जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता, म्याथम्याटिकल वलम्प्याड तथा अंग्रजी हिज्जे प्रतियोगिता समेत गराइएको थियो ।

तपाईको प्रतिक्रिया