
चितवन । पश्चिम र पूर्वबाट काठमान्डौ जान आएका मिटरब्याज पीडितहरुलाई चितवनका समाजसेवी तथा सफल व्यवसायी उमासंकर अग्रवालले खाद्यान्न सहयोग गरेका छन् ।आफ्ना मागहरु सरकारलाई सुनाउन पश्चिम र पूर्वबाट चितवन आइपुगेका झण्डै एकसयजना मिटरब्याज पीडितहरुलाई अग्रवालले खाद्यान्न सहयोग गरेका हुन् ।
१० बोरा चामल, ५० किलो आटा, २५ किलो दाल, २० लिटर खानेतेल,२ बोरा सोयाविन र ४ बोरा चिउरा भुजा सहयोग गरेको उहाँले बताउनुभयो । सहयोग गरिएको खाद्यान्नको रकम ५० हजार बराबरको हुन आउछ ।कोमलहृदयका धनी व्यवसायी अग्रवालले लामो यात्राका क्रममा मिटरव्याज पिडितहरुले दुख पाएको र खाद्यान्न अभाव समेत भएको महसुस गर्दै सहयोग गर्नुभएको हो ।