×

रत्ननगर। पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन अन्तर्गत आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्धन्द्धी बासुदेव शर्मा लामिछानेलाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

कुल खसेको २१४ मत मध्ये श्रेष्ठले १२८ र लामिछानेले ७८ मत प्राप्त गरेका हुन । श्रेष्ठ वडा नं १४ का निर्वमान अध्यक्ष हुन भने लामिछाने संस्थाका सचिव हुन ।संस्थाका उपाध्यक्षमा तुल बहादुर रायमाझी विजयी भएका छन् । रायमाझीले ११९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी गोकर्ण बहादुर श्रेष्ठले ८१ मत प्राप्त गरेका छन् ।

सचिवमा रुपेश तिवारी विजयी भएका छन् । तिवारले ११४ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी मदन भूजेलले ९० मत प्राप्त गरेका छन् ।कोषाध्यक्षमा विमला पाण्डे बन्जरा विजयी भएकी छन् । बन्जराले ११६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी गीता भण्डारीले ८६ मत प्राप्त गरेकी छन् ।

सहसचिवमा विमला न्यौपाने विजयी भएकी छन् । न्यौपानेले ११० मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्धन्द्धी निर्मला बस्ताकोटीले ८९ मत प्राप्त गरेकी छन् ।लेखा समिति संयोजकमा गौमतबाबु अर्याल निर्वाचित भएका छन् । उनले १०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी प्रल्हाद अर्यालले ९३ मत प्राप्त गरेका छन् ।

लेखा समिति सदस्यमा बाबुराम पन्त १११ मत र विष्णुप्रसाद लम्साल १०० मत प्राप्त गरि विजयी भएका छन् ।वडा नं १४ को वडासंयोजकमा निधनाथ अर्याल ४४ मत, वडा नं १५ को वडासंयोजकमा बाबुराम ढकाल ४६ मत र वडा नं १६ को वडा संयोजकमा डिल्लीप्रसाद गौतम २९ मत प्राप्त गरि विजयी भएका छन् ।

निर्वाचनमा नेपाली काँग्रेस, रास्वपा, राप्रपा र समाजबादी निकट उपभोक्ताको एउटा समूह र नेकपा एमाले र माओवादी केन्द्र निकट उपभोक्ताहरुको अर्को समूह निर्वाचनमा होमिएका थिए ।चार दलीय गठबन्धनको तर्फबाट समाजबादीका नेता श्रेष्ट र दुई दलीय गठबन्धनको तर्फबाट माओबादीका लामिछानेको नेतृत्वमा समुह तयार गरिएको थियो ।रत्ननगर वडा नं १४, १५ र १६ का बासिन्दालाई खानेपानी वितरण गर्दै आएको सो संस्थाको ३ हजार ३४५ जना उपभोक्ता रहेका छन् ।

तपाईको प्रतिक्रिया