×

चितवन । घरको छतबाट खसेर माडी- ३, बैराठ गाउँमा एकजना पुरुषको मृत्यु भएको छ ।आइतबार साँझ  ७ः३० बजे छोरा बीरबल महतोको नवनिर्मित एकतले घरको छतमा भोज खाइरहेको अवस्थामा असन्तुलित भई छतबाट खसेका बर्ष ६२ का रामनाथ महतोको मृत्यु भएको हो ।

रेलिङ लगाउन बाँकी रहेको सो घरको छतमा घरायसी भोज चलिरहेको अवस्थामा महतो भुइँमा खस्दा उहाँको टाउकोमा गम्भीर चोट लागेको थियो । महतोलाई बघौंडा अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको माडी प्रहरीले जनाएको हो । यो समाचार तयार पार्दासम्म मृतक महतोको शव र घटनास्थलको मुचुल्का उठाई शवको पोष्टमार्टमका लागि भरतपुर पठाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया