×

चितवन सेरोफेरो

सैनिकलाई हराउँदै अंकुरम बन्यो आरम्भ कप च्याम्पियन

सैनिकलाई हराउँदै अंकुरम बन्यो आरम्भ कप च्याम्पियन
चितवन- चितवनको भरतपुरमा सम्पन्न ‘आरम्भ कप बास्केटबल प्रतियोगिता’को उपाधि भरतपुरस्थित अंकुरम एकेडेमीले हात पारेको छ।शुक्रबार भएको फाइनल खेलमा अंकुरमले खैरहनीको सैनिक आवासीय माध्यमिक विद्यालयलाई ८२–७४ अंकले पराजित गर्दै उपाधि जित्न सफल भयो। उपाधिसँगै अंकुरमले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेतामा सीमित भएको सैनिक आवासीय माविले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।विजेता तथा उपविजेता टिमलाई आरम्भ कलेजका प्रिन्सिपल...

चितवन–२ मा रवि लामिछाने र मीना खरेलको जम्काभेट, स्वस्थ प्रतिस्पर्धाको प्रतिबद्धता

चितवन–२ मा रवि लामिछाने र मीना खरेलको जम्काभेट, स्वस्थ प्रतिस्पर्धाको प्रतिबद्धता
चितवन–२ प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलबीच जम्काभेट भएको छ। शुक्रबार भरतपुर बजारमा भएको भेटका क्रममा दुवै उम्मेदवारले हात मिलाउँदै एक–अर्कालाई शुभकामना साटासाट गरेका थिए। सो अवसरमा रास्वपा सभापति लामिछानेले निर्वाचनमा स्वस्थ, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धा हुने प्रतिबद्धता व्यक्त गरे। “हाम्रो एकदमै स्वस्थ र स्वच्छ प्रतिस्पर्धा हुन्छ। त्यसमा ढुक्क भए हुन्छ,” उनले...

चितवनका सिडियोद्धारा ‘निर्वाचन’ शब्दको गज्जबको ब्याख्या, आयोगले लियो अपनत्व

चितवनका सिडियोद्धारा ‘निर्वाचन’ शब्दको गज्जबको ब्याख्या, आयोगले लियो अपनत्व
चितवन- यतिबेला देश नै निर्वाचनमय बनि सकेको छ । माघ ६ गते औपचारिक रुपमा उम्मेदवारी मनोनयन दर्ता गरिएसंगै उम्मेदवारहरु चुनाव केन्द्रित बनेका छन् । निर्वाचनको बेलामा सधै चर्चामा आउने विषय हो आचारसंहिताको पालना । यही आचारसंहिता पालना गराउन जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले व्याख्या गरेको दृष्टिकोण अहिले थप चर्चामा छ । प्रमुख जिल्ला अधिकारी अर्यालले ‘नि र बा च न’लाई प्रत्येक अक्षरको सरलीकरण व्याख्या गरेका छन् । प्रजिअ अर्यालले भने– ...

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् । आज दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिएका छन् । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।  

चितवनमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

चितवनमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु
चितवन - भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक रहेको नहरको पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज साँझ अन्दाजी २०:०० बजेको समयमा राधापुरबाट पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६–००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल आफैँ अनियन्त्रित भई पुलबाट नहरमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१६ निवासी ४० वर्षीय बिनोद सुवेदी गम्भीर घाइते भएका थिए। घाइते सुवेदीलाई तत्काल उपचारका लागि सरकारी अस्पताल, भरतपुर ...

चितवनमा कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ माघ १८ देखि

चितवनमा कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ माघ १८ देखि
चितवन - कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आरम्भ कलेजको आयोजनामा ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ। उक्त प्रतियोगिता माघ १८ गतेदेखि २२ गतेसम्म आरम्भ कलेजको बास्केटबल कोर्ट, भरतपुर–११, चितवन मा सञ्चालन हुनेछ। आयोजक समितिका अनुसार प्रतियोगितामा ३५ भन्दा बढी टिमहरूको सहभागिता रहने लक्ष्य लिइएको छ, जसमा विभिन्न कलेजका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू सहभागी हुनेछन्। विद्यार्थीहरूमा ...

जनतासँग जनताकै लागि, विकासको नाम – बिक्रम पाण्डे

जनतासँग जनताकै लागि, विकासको नाम – बिक्रम पाण्डे
“विकास शहरबाट होइन, गाउँबाट सुरु हुनुपर्छ” भन्ने दृढ मान्यतालाई व्यवहारमै उतार्दै पश्चिम चितवनको विकास यात्राका प्रमुख निर्माता रूपमा स्थापित नाम हो— बिक्रम पाण्डे। विकास, राजनीति र समाजसेवामा निरन्तर समर्पणका कारण उहाँ आज चितवन मात्र नभई राष्ट्रिय स्तरमै एक भरोसायोग्य र लोकप्रिय जननेताका रूपमा चिनिनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा उपाध्यक्ष रहेका पाण्डे ज्यु सिद्धान्तमा अडिग, निर्णयमा स्पष्ट र जनताको काममा निरन्तर क्रियाशील नेता हुनुहुन्छ। प...

चितवन–३ बाट सोबिता गौतमको उम्मेदवारी दर्ता, रास्वपामा उत्साह र भरोसा

चितवन–३ बाट सोबिता गौतमको उम्मेदवारी दर्ता, रास्वपामा उत्साह र भरोसा
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रभावशाली नेतृ सोबिता गौतमले चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार भरतपुर–१५ स्थित रामपुर क्याम्पसमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन्। गौतमको उम्मेदवारीमा रास्वपा चितवनका जिल्ला सभापति कृष्णप्रसाद भुसाल प्रस्तावक र भरतपुर महानगरपालिका उपसभापति आशिष लो तामाङ समर्थक रहेका छन्। उम्मेदवारी दर्ताका क्रममा तीनवटै क्षेत्रमा पर्ने सबै वडाका प्रतिनि...

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी भावनाको विकास गर्ने बताए । उनले नियमित पठनपाठनसँगै अतिरिक...