एक्सपर्ट चितवनमा एजुकेसन फेयरः विद्यार्थी र अभिभावकको उल्लेखीय सहभागिता
चितवन– एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आज (सोमबार) शैक्षिक मेला ‘एक्सपर्ट एज’ भव्य रुपमा सम्पन्न गरेको छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । उनीहरुले प्रत्यक्ष रुपमा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुसंग परामर्श लिएका थिए ।
दिउँसो ३ बजेसम्म चलेको मेलामा अष्ट्रेलिया, क्यानडा, युके, युएसए र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिएका थि...


