चितवनमा विगत २५ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय रहँदै आएको युनिक्याम्पस ग्लोबल चितवनले नयाँ कार्यालय सञ्चालनमा ल्याएको छ। उच्च शिक्षाका लागि स्वदेश तथा विदेश अध्ययन गर्न इच्छुक विद्यार्थीको विश्वास जित्दै आएको संस्थाले आइतबार लायन्सचोकस्थित जोशी भवनमा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको हो।
नयाँ कार्यालयको उद्घाटन संस्थाका अध्यक्ष जीवन केसीले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शैक्षिक परामर्श सेवामार्फत विद्यार्थीलाई अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने संस्थाको अभियान आगामी दिनमा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे।
त्यस्तै, प्रबन्ध निर्देशक रविलाल खरेलले संस्थाले विगत २५ वर्षदेखि प्रदान गर्दै आएको सेवा, नयाँ कार्यालय स्थानान्तरणको उद्देश्य तथा आगामी योजनाबारे जानकारी दिएका थिए। उनले विशेषगरी अष्ट्रेलिया, युनाइटेड किङ्डम, क्यानडा लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै सेवा विस्तार गरिने बताए।
युनिक्याम्पस ग्लोबल चितवनले IELTS तथा PTE तयारी कक्षासमेत सञ्चालन गर्दै आएको छ। अनुभवी परामर्शदाता, प्रभावकारी तयारी कक्षा र विद्यार्थीमैत्री वातावरणका कारण संस्थाले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ।
विद्यार्थीलाई सही गन्तव्य छनोट, आवेदन प्रक्रिया, भिसा प्रक्रिया तथा परीक्षा तयारीसम्म एकीकृत सहयोग उपलब्ध गराउँदै आएको युनिक्याम्पस ग्लोबल चितवन पछिल्लो समय उच्च शिक्षाका लागि भरपर्दो शैक्षिक परामर्श केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। नयाँ कार्यालय सञ्चालनसँगै संस्थाले सेवा अझ प्रभावकारी र पहुँचयोग्य बनाउने विश्वास व्यक्त गरेको छ।



















उज्यालो खबर









