×

चितवन सेरोफेरो

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार

ताप्लेजुङमा योगेशले पाएनन् टिकट, क्षितिज थेबे उम्मेदवार
काठमाडौं । नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थेबे राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष हुन् । यो क्षेत्रबाट चुनाव जित्दै आएका उपमहासचिव योगेश भट्टराईले भने टिकट पाएनन् । भट्टराईले टिकट वितरणमा असहमति जनाउँदै पार्टी कार्यालयमा नोट अफ डिसेन्ट नै लेखेका छन् ।

अधुरो भवन उद्घाटन राजनीतिक स्टन्टबाजी हो: रास्वपा

अधुरो भवन उद्घाटन राजनीतिक स्टन्टबाजी हो: रास्वपा
चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर समितिले निर्माण कार्य पूरा नहुँदै भरतपुर महानगरपालिकाले प्रशासनिक भवन उद्घाटन गर्न लागेकोप्रति कडा आपत्ति जनाएको छ। पार्टीले यस कदमलाई विकासको नाममा गरिएको राजनीतिक प्रदर्शन र गैरजिम्मेवार निर्णयको रूपमा व्याख्या गरेको छ। शुक्रबार जारी प्रेस विज्ञप्तिमा रास्वपाले अधुरो संरचनाको उद्घाटन गर्नु सार्वजनिक सम्पत्तिको दुरुपयोग मात्र नभई राज्यकोषबाट खर्च भएको रकमप्रति गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएको छ। भवन पूर्ण रूपमा सुरक्ष...

चितवनमा सुतेकै अवस्थामा हातखुट्टा बाँधेर वृद्धाको हत्या

चितवनमा सुतेकै अवस्थामा हातखुट्टा बाँधेर वृद्धाको हत्या
चितवन-  चितवनको रत्ननगर नगरपालिका–४ मा एक महिलाको विभत्स हत्या भएको छ। ६८ वर्षीया सुकमाया देवी तामाङको शुक्रबार राति हत्या भएको चितवन प्रहरीले जनाएको छ। रत्ननगर–४ स्थित आफ्नै घरको तेस्रो तलामा एक्लै बस्दै आएकी तामाङको शव शनिबार दिउँसो प्रहरीले फेला पारेको हो। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी सुवास भट्टका अनुसार तामाङ सुतेकै ओछ्यानमा हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार लुटपाट गर्ने उद्देश्यले घरमा प्रवेश गरी तामाङलाई बाँधेर...

विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने

विशेष महाधिवेशन उद्घाटन सत्रको सभापतित्व काठमाडौं सभापतिले गर्ने
काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आइतबारदेखि सुरू हुँदैछ।काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह दिउँसो १ बजे हुनेछ।त्यसअघि काठमाडौंका विभिन्न पाँच स्थानबाट जुलुस निकालिनेछ। सुन्धारा, रत्नपार्क, शंकरदेव क्याम्पस, कमलपोखरी र कुपन्डोलबाट निस्कने जुलुस भृकुटीमण्डप पुग्नेछ। विशेष महाधिवेशनको उद्घाटन सत्रको सभापतित्व काठमाडौंको जिल्ला सभापति सबुज बानियाँले गर्नेछन्।२०१४ सालमा मोरङमा भएको पहिलो विशेष महाधिवेशनको उद्घाटनको सभापतित्व त्यतिबेला मो...

नारायणी एक्सपो २०८२ : व्यापार, संस्कृति र मनोरञ्जनको भव्य मेला चितवनमा

नारायणी एक्सपो २०८२ : व्यापार, संस्कृति र मनोरञ्जनको भव्य मेला चितवनमा
चितवन-  चितवनमा यो पुस ३० गतेदेखि माघ १४ गतेसम्म “नारायणी एक्सपो २०८२” आयोजना हुँदैछ। रेड रक ईभेन्ट एण्ड म्यानेजमेन्ट प्रालि, भरतपुरको आयोजनामा हुन लागेको यस एक्सपोको तयारी अहिले अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन्। करिब ८० प्रतिशत तयारी सम्पन्न भइसकेको छ भने पुस २८ गतेसम्म पूर्ण तयारी पूरा हुने बताइएको छ। यस वर्षको एक्सपोमा २०० भन्दा बढी स्टलहरू रहनेछन्, जसमा व्यवसायिक, औद्योगिक, कृषि, पर्यटन र सेवामूलक क्षेत्रका उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्। आयोजकका अनुसार स्थानीय उ...

रत्ननगर महोत्सवमा पार्किङ शुल्क घटाउन सिडिओको निर्देशन

रत्ननगर महोत्सवमा पार्किङ शुल्क घटाउन सिडिओको निर्देशन
चितवन - रत्ननगर  महोत्सव २०८२ मा पार्किङ शुल्क अत्यधिक लिइएको विषयले स्थानीय जनतामाझ र सामाजिक सञ्जालमा विवाद उत्पन्न भएको छ। महोत्सवको पहिलो दिनदेखि मोटरसाइकलको पार्किङ शुल्क ४० रुपैयाँ तोकिएपछि आगन्तुकहरूले त्यसलाई मनपरी र बढी भएको बताएका थिए। शुल्क सम्बन्धी गुनासो सार्वजनिक भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडीओ) गणेश अर्यालले  आयोजक उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीलाई फोन गरी पार्किङ शुल्क आधा मात्र लिने निर्देशन दिएका छन्। सिडीओ अर्यालले भने, “महत्त्वप...

भरतपुरमा मोटरसाइकल दुर्घटना, माडीका युवकको मृत्यु

भरतपुरमा मोटरसाइकल दुर्घटना, माडीका युवकको मृत्यु
भरतपुर । भरतपुर महानगरपालिका–२२ कुमिया (पटिहानी नजिक) मा भएको मोटरसाइकल दुर्घटनामा माडीका एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–२ भैरपुर निवासी ३५ वर्षीय सूर्य नारायण महतो रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार अपराह्न करिब ४:३० बजे भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना. २४ प. ५२९४ नम्बरको मोटरसाइकलको टायर अचानक पञ्चर भई अनियन्त्रित हुँदा विपरीत दिशाबाट आउँदै गरेको ना. ७ ख. ३६८३ नम्बरको टिप्परसँग ठोक्किएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल ...

विशेष महाधिवेशनमा सहभागी नहुने चितवन कांग्रेस सभापति खनालको घोषणा

विशेष महाधिवेशनमा सहभागी नहुने चितवन कांग्रेस सभापति खनालको घोषणा
चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको उपस्थिति नहुने विशेष महाधिवेशनमा आफू तथा जिल्लाका प्रतिनिधिहरू सहभागी नहुने बताएका छन्। सभापति खनालले पार्टीलाई विभाजनतर्फ धकेल्ने उद्देश्यले डाकिएको विशेष महाधिवेशनमा चितवनका महाधिवेशन प्रतिनिधिहरू सहभागी नहुने विश्वास व्यक्त गरे। उनले आफू नियमित महाधिवेशनको पक्षमा रहेको स्पष्ट पार्दै विशेष महाधिवेशन अपरिहार्य भए पनि सहमति, विश्वास र एकताको आधारमा अघि बढ्नुपर्ने ब...

निकुञ्ज नजिक हाईटेन्सन लाइनमुनी जात्रा : वन्यजन्तु र मानव सुरक्षामाथि खतरा

निकुञ्ज नजिक हाईटेन्सन लाइनमुनी जात्रा : वन्यजन्तु र मानव सुरक्षामाथि खतरा
चितवन- चितवनको रत्ननगरमा रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ गतेबाट सुरु हुन लागेको रत्ननगर महोत्सवप्रति गम्भीर सुरक्षा र वातावरणीय चिन्ता व्यक्त हुन थालेको छ। महोत्सव स्थल राष्ट्रिय राजमार्गसँगै जोडिएको, निकुञ्जको सिमानानजिक तथा हाईटेन्सन विद्युत् लाइनमुनी रहेको भन्दै स्थानीय बासिन्दा र सरोकारवालाहरूले आपत्ति जनाएका छन्। राजमार्गसँगै महोत्सव सञ्चालन हुँदा तीव्र गतिका सवारी साधन, अव्यवस्थित पार्किङ र भीडभाडका कारण ठूला सवारी दुर्घटनाको जोखिम उच्च रहेको स्थानीयको भना...