×

चितवन सेरोफेरो

इन्स्टाग्रामको सुरक्षा त्रुटी समाधान गरेवापत गैडाकोटका रुविनलाई २ लाख २५ हजार पुरस्कार

इन्स्टाग्रामको सुरक्षा त्रुटी समाधान गरेवापत गैडाकोटका रुविनलाई २ लाख २५ हजार पुरस्कार
नवलपुर - नवलपुरको गैँडाकोटका १८ वर्षीय विद्यार्थी रुबिन बास्ताकोटीले विश्वप्रसिद्ध सामाजिक सञ्जाल Instagram (Meta) को प्रणालीमा गम्भीर सुरक्षा कमजोरी पत्ता लगाएका छन्। उक्त कमजोरीका कारण Meta Verified सदस्यता प्रयोगकर्ताले मासिक शुल्क नतिरी पनि ब्लु टिक (Verification Badge) सक्रिय राख्न सक्ने अवस्था रहेको पाइएको थियो। रुबिन हाल अक्सफोर्ड कलेज गैँडाकोटका  BCA प्रथम सेमेस्टरका विद्यार्थी हुन्। उनले पत्ता लगाएको कमजोरीलाई समयमै समाधान नगरिएको भए Meta कम्पनीलाई ठूलो आर्थिक क्षति...

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
चितवन-  चितवनको भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनमा जंगली गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो करिब ३:३० बजे कालिमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका स्थानीय ५६ वर्षीय बाबुकाजी क्षेत्री माथि अचानक गैँडाले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट भोजाडबाट प्रहरी सहायक हवल्दार गुणबहादुर गुरुङको नेतृत्वमा टोली खटिएर घटनास्थल सुरक्षित राखिएको थियो।

चितवन उद्योग वाणिज्य संघको नेतृत्वमा सुवेदी, २९९ मतान्तरको स्पष्ट जित

चितवन उद्योग वाणिज्य संघको नेतृत्वमा सुवेदी, २९९ मतान्तरको स्पष्ट जित
चितवन । उद्योग वाणिज्य संघ चितवनको ५९औँ साधारणसभा तथा अधिवेशनबाट चिरञ्जिवि सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। कडा प्रतिस्पर्धाका बीच सुवेदीले अध्यक्षका प्रत्यासी शिरिष पन्तलाई २९९ मतान्तरले पराजित गर्दै संघको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन्। निर्वाचन परिणामअनुसार सुवेदीले १ हजार ४८४ मत प्राप्त गर्दा पन्तले १ हजार १८५ मतमा सीमित भए। व्यवसायी समुदायको उल्लेखनीय सहभागिताबीच सम्पन्न निर्वाचनले संघमा नयाँ नेतृत्वप्रति उच्च अपेक्षा देखाएको छ। वरिष्ठ उपाध्यक्षमा सुवेदी प...

चितवन उद्योग वाणिज्य संघको निर्वाचन : राति ९ बजेदेखि मतगणना हुने

चितवन उद्योग वाणिज्य संघको निर्वाचन : राति ९ बजेदेखि मतगणना हुने
चितवन उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ र राति ९ बजेदेखि मतगणना सुरु गरिने भएको छ । निर्वाचन समितिका अनुसार कुल ३ हजार ३ सय ९९ मतदातामध्ये २ हजार ७ सय १९ मत खसेको छ । मतदानमा व्यवसायीहरूको उत्साहजनक सहभागिता देखिएको थियो । निर्वाचनमा दुई समूहबीच कडा प्रतिस्पर्धा रहेको छ । अध्यक्ष पदमा चिरञ्जीवी सुवेदी उम्मेदवार रहेका छन् भने युवा व्यवसायी शिरीष पन्तको नेतृत्वमा अर्को समूह चुनावी मैदानमा छ । सुवेदी समूहबाट वरिष्ठ उपाध...

२१ वर्षको व्यवसायिक अनुभव बोकेर नेतृत्वमा शिरिष पन्त

२१ वर्षको व्यवसायिक अनुभव बोकेर नेतृत्वमा शिरिष पन्त
चितवन – चितवनको व्यस्त व्यवसायिक केन्द्रमा जब परिवर्तन र उत्तरदायी नेतृत्वको चर्चा हुन्छ, त्यहीँ एक नाम लगातार अगाडि आउँछ—शिरिष पन्त। स्पष्ट दृष्टिकोण, ऊर्जा र परिणाममुखी सोचका कारण पन्त आज सफल उद्यमी मात्र नभई चितवनको व्यवसायिक नेतृत्वमा नयाँ सम्भावनाको संकेतका रूपमा हेरिन थालेका छन्। पछिल्ला २१ वर्षदेखि निर्माण सामग्री तथा हार्डवेयर व्यवसायमा संलग्न पन्त पछिल्ला तीन वर्षदेखि विद्युत् व्यवसायमा समेत सक्रिय हुनुहुन्छ। लामो अनुभव, निरन्तर प्रयोग र व्यावहारिक सिकाइले उहाँलाई ज...

चितवन-१ एमालेले पाण्डेलाई किन छोड्यो ?

चितवन-१ एमालेले पाण्डेलाई किन छोड्यो ?
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले चितवन क्षेत्र नम्बर–१ बाट छ जनाको नाम सिफारिस गरिएको छ। क्षेत्रीय समितिको आज बसेको बैठकले पूर्व प्रदेश मन्त्रीसहित छ जनाको नाम जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो। सिफारिस हुनेमा बागमती प्रदेशका पूर्व कृषि तथा सहकारी मन्त्री एवं एमाले प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला पोख्रेल, एमाले केन्द्रीय विभागका पूर्व सदस्य डा. किशोर खनाल,...

नौरङ्गे टोल आमा समूहको  प्रथम अधिवेशन सम्पन्न – १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

नौरङ्गे टोल आमा समूहको  प्रथम अधिवेशन सम्पन्न – १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन
भरतपुर-नौरङ्गे टोल आमा समूहको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सीतादेवी पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा टोल अध्यक्ष, वडा सदस्य, टोलका सल्लाहकारहरू, नौरङ्गे क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आमा समूहकी अध्यक्ष मनकुमारी जिसीको अध्यक्षतामा स...

उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी प्यानलसहित मैदानमा

उद्योग बाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी प्यानलसहित मैदानमा
उद्योग बाणिज्य संघ चितवनको ५९औँ साधारणसभा तथा अधिवेशन अन्तर्गत पुस २१ गते हुने निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार चिरञ्जीवी सुवेदी प्यानलसहित मैदानमा उत्रिएका छन्। हालका बरिष्ठ उपाध्यक्ष सुवेदीले ‘व्यावसायिक एकता एवम् संस्थागत प्रतिबद्धताः सबल, सक्षम र अनुभवी नेतृत्व आजको आवश्यकता’ भन्ने नारासहित निर्वाचनमा सहभागिता जनाएका हुन्। अनुभव र युवाको सन्तुलित संयोजनसहितको टिम बनाएर अघि बढेका सुवेदी विगत २२ वर्षदेखि उद्योग बाणिज्य संघ चितवनको विकासमा निरन्तर सक्रिय कर्मयोगी व्यवसायीक...

उवासंघ चितवन- सामूहिक समृद्धि र आर्थिक विकास मेरो संकल्प : ओली

उवासंघ चितवन-  सामूहिक समृद्धि र आर्थिक विकास मेरो संकल्प : ओली
चितवन-उद्योग वाणिज्य संघ चितवनको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र ओलीले संघलाई अझ सशक्त, पारदर्शी र सदस्य–मैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छन्। सामूहिक लाभ, समावेशी नेतृत्व र चितवनको समग्र आर्थिक विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै ओली चुनावी मैदानमा उत्रिएका हुन्। उम्मेदवारी घोषणा कार्यक्रममा ओलीले चितवनको व्यापार, उद्योग तथा सेवाक्षेत्रलाई संगठित र प्रतिस्पर्धी बनाउँदै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने दीर्घकाली...