१६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकीलाई
चितवन । चितवनको खैरहनीमा सम्पन्न १६ वर्षमूनिको लिटिल फ्लावर कप फुटवलको उपाधी बाल्मीकी शिक्षा सदन भरतपुरले उचालेको छ । नेपाल लिटिल फ्लावर सोसाइटीको आयोजनामा भएको प्रतियोगितामा सातवटा विद्यालयलाई पछि पार्दै बाल्मीकीले उपाधी उचालेको हो ।
प्रतियोगितामा सैनिक आवासिय महाविद्यालय दोस्रो र डेजी ईङ्लिस स्कुल तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम हुने भएको बाल्मीकीले नगद ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र हात पार्यो । उपविवेता सैनिक आवासिय महाविद्यालय र तेस्रो स्थानमा रहेको डेजी...


