अधिकृत व्यवसायी संघ चितवनमा नयाँ नेतृत्व, अध्यक्षमा रामजी घिमिरे चयन
चितवन - अधिकृत व्यवसायी संघ चितवनको १७ औँ बार्षिक साधारणसभा तथा नवौ अधिवेशनले रामजी घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।उद्योग बाणिज्यसंघ चितवनको सभाहलमा शनिवार सम्पन्न संघको नवौ अधिवेशनले घिमिरेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा मनोज रौनीयार, महासचिवमा उद्धवप्रसाद अधिकारी, सचिवमा निर्मल ढकाल, र कोषाध्यक्षमा कुलप्रसाद अधिकारी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमितिका अन्य सदस्यहरुमा निरेश कुमार सिहं,भविराज घिमिरे,कृष्णप्...


