×

चितवन सेरोफेरो

एनपीएल- काठमान्डु गुर्खाजलाई हराउँदै चितवन राइनोज विजयी

एनपीएल-  काठमान्डु गुर्खाजलाई हराउँदै चितवन राइनोज विजयी
चितवन-चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)  मा विजयी सुरुवात गरेको छ । आइतबार भएको पहिलो खेलमा चितवनले काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै २ अंक जोडेको हो ।काडमान्डुले दिएको ११२ रनको लक्ष्य चितवनले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । चितवनक लागि सन्तोष कार्कीले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । सन्तोषले ३१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । लुक बेन्केन्सटेइनले २२ रन योगदान गरे । शरद भेषावकर ११ रनमा अविजित रहे ।काठमान्डुका लागि शाहब आलमले ३ विके...

सँगै सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या

सँगै सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या
हेटौंडा । मकवानपुरमा एक व्यक्तिले आफ्नै घरमा सुतिरहेका साथीलाई साबेलले हिर्काएर हत्या गरेका छन् ।मनहरी गाउँपालिका-६ प्रतापुर लच्का घर भएका अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेका हुन् । आज बिहानपख साढे एक बजेको समयमा अम्मरबहादुर आफ्नै घरमा सुतिरहेका मोक्तानलाई एक्कासी साबेलले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका मोक्तानको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा आज बिहान साढे ३ बजे मृत्यु भए...

चितवन ट्राफिकद्धारा बढी भाडा लिने माइक्रोलाई साढे ११ हजार जरिवाना

चितवन ट्राफिकद्धारा बढी भाडा लिने माइक्रोलाई साढे ११ हजार जरिवाना
  चितवन – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको छ । कार्यलयले आज  तोकिएको भाडादर भन्दा बढी भाडा लिने माइक्रोबसलाई कारबाही गरेको हो। माइक्रोबसले नारायणगढबाट कुरिनटारसम्मको भाडा ५ सय ५० लिई नारायणगढ बसपार्कबाट यात्रु चढाएको पाइएकोले बा.२ ख ९३५३ नं. को माईक्रोबसलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए। सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम कारबाही गरी सो माईक्र...

बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा

बलियो मध्यक्रममा टिकेको चितवन राइनोजको आशा
चितवन। नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा तुलनात्मक रुपमा कमजोर देखिएको टीम हो चितवन राइनोज । चितवनले अक्सनबाट राष्ट्रिय टोलीबाट नियमित खेलिरहेका एक जना पनि खेलाडी पाएन । चितवनका मार्की प्लेयर कुशल मल्लमात्रै राष्ट्रिय टोलीका नियमित सदस्य हुन् । चितवनले राष्ट्रिय खेलाडी किन्न अक्सनमा बोली लगाए पनि ‘लक्की ड्र’ मा अभागी बनेको थियो । यसो त राष्ट्रिय टोलीबाट लामो समय खेलेका ब्याट्सम्यान शरद भेषवाकरदेखि बेलाबखत अवसर पाउने गरेका रिजन ढकाल र कमलसिंह ऐरी चितवनको टीममा छन् । शर...

नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रकमा च्यापिएका दुबैको मृत्यु

नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रकमा च्यापिएका दुबैको मृत्यु
  चितवन-  नारायणघाट–मुग्लिन सडकको नौकिलोमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। आइतबार राति नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो।बागमती प्रदेश ००३–००१ ख ३४९० नम्बरको ट्रक पल्टिँदा दुई जना लामो समयसम्म च्यापिएका थिए।उनीहरु दुबै जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ बस्ने ३८ वर्षीय श्याम बजगाई र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको मृत्यु भएको हो।घाइते भएका ट्र...

चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा (β) आयोजना हुँदै

चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा (β) आयोजना हुँदै
  चितवन-   चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले  ३६ घण्टे यू-टेक ह्याकाथन बीटा (β) आयोजना गर्दैछ। राष्ट्रिय स्तरको यस ह्याकाथनले नेपालभरिका प्रविधिमा रुचि राख्ने विद्यार्थीहरू, नयाँ प्रोग्रामरहरू, तथा अनुभवी पेशाकर्मीहरूलाई एकै मञ्चमा ल्याउनेछ, जहाँ उनीहरूले सिर्जनात्मक समाधानहरू प्रस्तुत गर्न र व्यावहारिक परियोजनाहरूमा सहकार्य गर्न पाउनेछन्। प्रमुख आकर्षणहरू र पुरस्कार यू-टेक ह्याकाथन बीटा (β) ले प्रतिस्पर्धात्मक परियोजनाहरू विकास गर्न र सहभागी टोलीहरूले ...

नारायणघाट-मुग्लिन सडकमा ट्रक पल्टिँदा एक जनाको मृत्यु, दुई जना ट्रकमै च्यापिए

नारायणघाट-मुग्लिन सडकमा ट्रक पल्टिँदा एक जनाको मृत्यु, दुई जना ट्रकमै च्यापिए
चितवन- नारायणघाट–मुग्लिन सडकको नौकिलोमा ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ।ट्रकमा सवार दुई जनालाई उद्धार गरेर उपचारका लागि भरतपुर ल्याइएको छ। अन्य दुई जनालाई ट्रकले च्यापेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए। सडकमा पल्टिएको ट्रक उठाउन क्रेन पठाइएको उनले बताए।नारायणघाटबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३ ०१ ख ३४९० नम्बरको ट्रक पल्टिएको हो।घाइतेहरूको भरतपुरस्थित चितवन मेडिकल कलेज र अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार भइरहेको छ।मृतकको...

इच्छाकामना मन्दिरमा आज चढाइयो पञ्चबलि

इच्छाकामना मन्दिरमा आज चढाइयो पञ्चबलि
    चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित इच्छाकामना मन्दिरमा आज पनि भव्य रुपमा पञ्चमी मेला लागेको छ । मन्दिरमा पहिलोपटक आज सरकारी पूजा गरिएको छ । गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा फूलको डोलीसहित पञ्चेबाजा बजाएर पञ्चबलि चढाइएको हो । उक्त कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, पूर्वअध्यक्ष गीता गुरूङ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतलगायतको उपस्थिति ...

चितवनको इच्छाकामना मन्दिरमा आज र भोलि पञ्चमी मेला,विविध सांस्कृतिक कार्यक्रम हुँदै

चितवनको इच्छाकामना मन्दिरमा आज र भोलि पञ्चमी मेला,विविध सांस्कृतिक कार्यक्रम हुँदै
मुग्लिन- पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । पञ्चमी मेलाका अवसर पारेर आज र भोलि मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो । मेलाका अवसरमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले मन्दिर संरक्षण समिति र त्रिवेणीकला केन्द्र मुग्लिनको सहकार्यमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले बताउनुभयो । उहाँका अनुसा...