पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमणविरुद्ध चितवनमा विरोध प्रदर्शन
चितवन- नेपाल पत्रकार महासंघ चितवन शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार संकलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारमाध्यममाथिको भएको आक्रमणमा विरोधमा प्रदर्शन गरेको छ । हिजो भएको हिंसात्मक प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत रजकको आगलागीमा परी मृत्यु भएको थियो ।
उक्त घटनाको विरोधस्वरुप आज बिहान पत्रकार महासंघ चितवन शाखाले कार्यालयदेखि चौबीसकोठीसम्म प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम् ...


