चितवन- लायन्स क्लब अफ नारायणगढ चौतारी बर्ष २०२५/२६ को अध्यक्षमा महेश बराल निर्वाचित भएका छन् ।फोर सिजन पार्टी भेन्यू भरतपुरमा भएको अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा फुलनाथ गौतम, द्धितीय उपाध्यक्षमा सुमन गौतम, तृतीय उपाध्यक्षमा दिपेन्द्र पौडेल, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा तारानाथ बराल सर्वसम्मत चयन हुनुभएको छ ।
बर्ष २०२४/२५ का अध्यक्ष सागर पराजुलीको अध्यक्षता तथा डिस्ट्रिक ३२५ आर का एओजी ओमप्रकास गौतमको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।



उज्यालो खबर




