भरतपुर- फेन्सी व्यवसायी संघ चितवनले नयाँ वर्ष २०८२ लाई स्वागत गर्दै शुभकामना सहित साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा चैत्र ३१ गते हाकिमचोक स्थित सिएमटी रिर्सोटमा राष्ट्रिय कलाकार शुगम पोखरेल सहित लोक गायक अर्जुन सापकोटा र गायिका शान्तारानी परियारको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।
साँस्कृतिक कार्यक्रमको भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्ने कार्यक्रम छ ।सस्थाका अध्यक्ष राम प्रसाद पौडेल फेन्सी व्यवसायी संघ स्थापना भएदेखिनै पहिलो उत्सव आयोजना गरिएको जानकारी दिँदै सवैमा सहयोगको लागि अनुरोध गर्नु भएको छ । सस्थाले विभिन्न कार्यक्रम गरि सामाजिक उत्तरदायित्व तथा व्यवसायीक हकहितमा रहेर काम गर्दै आएकौ अध्यय पौडेलले वताउनु भयो ।
उक्त कार्यक्रम उद्योग वाणिज्य संघ चितवन प्रवद्र्धक रहेको उत्सवको इभेन्ट पाट्नर दाताज इभेन्ट, हस्पिटालिटी पाट्नर सिएमटी होटल रहेको कार्यक्रम संयोजक एवं सदस्य विपिन अर्यालले बताउनु भयो । कार्यक्रममा फेन्सी व्यवसायी सदस्य एवं सवै बस्तुगतका व्यवसायी साथै शुभेच्छुकहरुको उपस्थिती रहने फेन्सी व्यवसायी संघ चितवनका प्रवत्ता सन्तोष पोखरेलले जानकारी दिनु भयो ।



उज्यालो खबर




