×

चितवन सेरोफेरो

बाघमारा मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा चौधरी निर्वाचित

बाघमारा मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा चौधरी निर्वाचित
रत्ननगर- चितवनको पर्यटकीय नगरी सौराहामा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा भूवनेश्वर चौधरी(विपी) निर्वाचित भएका छन् ।नौं वटा टोलबाट निर्वाचित भएका परिषद् सदस्यहरुबाट अर्को चरणको निर्वाचन गरी अध्यक्ष सहित पदाधिकारी, सदस्य, लेखा समिति संयोजक र सदस्य चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा असरमिया चौधरी, सचिवमा मीना चौधरी, कोषाध्यक्षमा टीकाराम खनाल(ध्रुव) र सदस्यहरुमा रामसिंह महतो, सीताराम महतो, वाङछिरिङ तामाङ, लोकबहादुर तामाङ,सोमबहादुर तामाङ,फुलमाया श्रेष्ठ, इ...

क्रियाशील पत्रकार महिला चितवनको अध्यक्षमा पौडेल निर्वाचित

क्रियाशील पत्रकार महिला चितवनको अध्यक्षमा पौडेल निर्वाचित
गैँडाकोट - क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) चितवनको अध्यक्षमा सरिता पौडेल निर्वाचित हुनुभएको छ । डब्लुडब्लुजे चितवनको भरतपुरमा भएको चोथौ अधिवेशनले पौडेलको अध्यक्षतमा आगामी २ वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा संगिता आचार्य, सचिवमा सोभा पुडासैनी, कोषाध्यक्षमा प्रतिमा तामाङ र सहसचिवमा सविता अधिकारी चयन हुनुभएको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा सुजिता हमाल, सविना लामिछाने, निशा श्रेष्ठ, निरुता बिके, भाग्यश्वरी गायक र लक्ष्मी ढक...

जनआर्दश बहुमुखी क्याम्पस चितवनको स्ववियू सभापतिमा अखिलका अनुज न्यौपाने निर्वाचित

जनआर्दश बहुमुखी क्याम्पस चितवनको स्ववियू सभापतिमा अखिलका अनुज न्यौपाने  निर्वाचित
चितवन-स्ववियु निर्वाचनमा चितवनमा एमाले निकट अनेरास्ववियुले खाता खोलेको छ । पुर्बीचितवनको राप्ती नगरपालिका ७ स्थित जनआदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अनुज न्यौपाने निर्वाचित भएका छन । सबै संगठनविच सहमती भएपछि उनि सभापति निर्वाचित भएको अनेरास्ववियु बागमती प्रदेश सचिव तथा जनआदर्श बहुमुखी क्याम्पस कार्यदल संयोजक प्रकाश कालाखेतीले जानकारी दिए । उनका अनुसार उपसभापतिमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका रन्जित खनाल, सचिवमा काँग्रेस निकट नेबिसंघका शिश...

व्यवसाय सगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा

व्यवसाय सगै  राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा
चितवन । गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज निकै तातेको छ । अधिवेशन तोकिएसगै  स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । सबैको आ–आफ्नै दाबी र योजना छन् । आकांक्षी मध्येका र जिल्लाका युवा पुस्तामा प्रभावशाली एवं संभा...

चितवनमा १४ वर्षीया आफ्नै विद्यार्थीलाई  बलात्कार गर्ने शिक्षकलाई साढे १२ वर्ष जेल सजाय

चितवनमा १४ वर्षीया आफ्नै विद्यार्थीलाई  बलात्कार गर्ने शिक्षकलाई साढे १२ वर्ष जेल सजाय
  चितवन । आफैँले पढाउने बालिकालाई पटक पटक बलात्कार गर्ने चितवनका एक शिक्षकलाई जिल्ला अदालत चितवनले साढे १२ वर्ष जेल सजायको फैसला गरेको छ ।१४ वर्षकी बालिकालाई ब्रिज कोर्स पढाएका शिक्षक सन्तोष क्षेत्रीले पटक पटक बलात्कार गरेको अभियोगमा २०७९ चैत ५ गते जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । मङ्गलवार जिल्ला अदालत चितवनका न्यायाधीश दुर्गादेवी गुरुङको एकल इजलासले क्षेत्रीलाई १२ वर्ष ६ महिना कैद सजाय र पाँच लाख रुपियाँ जरिवानाको फैसला गरिएको जिल्ला अदालत चितवनका सूचना अध...

चितवनको खैरहनीका यात्रु सवार माइक्रो गोरखामा दुर्घटना एकजनाको मृत्यु , १४ जना घाइते

चितवनको खैरहनीका यात्रु सवार माइक्रो गोरखामा दुर्घटना एकजनाको मृत्यु , १४ जना घाइते
चितवन-  गोरखाको शहीद लखन गाउँपालिका-३ मा माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका व्यक्ति र घाइते सबैको सनाखत भएको छ ।मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ : २५ बजे आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको थियो । दुर्घटनामा चितवन खैरहनी नगरपालिका -२ पर्साका ३७ वर्षीय पदमबहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । उनीहरु सबै खैरहनी नगरपालिका -२ कै रहेको प्रहरीले जनाएको छ । घाइते हुने...

सेलिब्रेटी क्रिकेटर लामिछानेसँग अङ्कुरम्का विद्यार्थीको अन्तर्क्रिया

सेलिब्रेटी क्रिकेटर लामिछानेसँग अङ्कुरम्का विद्यार्थीको अन्तर्क्रिया
चितवन । भरतपुर–७ स्थित अङ्कुरम् एकेडेमीका विद्यार्थीले सेलिब्रेटी क्रिकेटर सन्दीप लामिछानेसँग अन्तर्क्रिया गरेका छन् । आइतबार दिउँसो विद्यालयको अडिटोरिय हलमा कक्षा ११ र १२ का विद्यार्थीले क्रिकेटर लामिछानेसँग अन्तर्क्रिया गरे भने विद्यालयको प्राङ्गणमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले क्रिकेटसम्बन्धी प्रश्नहरू सोधेका थिए । नेपाली क्रिकेटमा ‘गुगली मास्टर’का नामले परिचित क्रिकेटर लामिछानेसँग विद्यालयका प्राचार्य सुमन पौडेलले कक्षा ११ र १२ का विद्यार्थीहरूका बीच करिब ४५ मिने...

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु
गैँडाकोट । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । माडी नगरपालिका वडा नं. ७ घर भएकी ५५ वर्षीया शान्ति नेपालीको गैँडाको आक्रमणबाट ज्यान गएको हो । गोपालनगर सामूदायिक वनमा घाँस काट्न गएकी नेपालीलाई आज दिउसो २ वजे गैँडाले आक्रमण गरि गम्भिर घाइते बनाएको थियो । घाइते अवस्थामा उद्धार गरि बघौडा सामूदायिक अस्पताल ल्याइएकोमा उपचारको क्रममा दिउसो साढे ४ वजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवन हस्पिटल र ह्याम्स हस्पिटलद्वारा तनहुँको कोटामा निःशुल्क स्वास्थ्य शिविर

चितवन हस्पिटल र ह्याम्स हस्पिटलद्वारा तनहुँको कोटामा निःशुल्क स्वास्थ्य शिविर
  चितवन- चितवन हस्पिटल प्रालि र काठमाडौंस्थित ह्याम्स हस्पिटलले तनहुँको देवघाट गाउँपालिका–१ स्थित कोटामा निःशुल्क स्वास्थ्य शिविर गरेका छन्।वडा कार्यालयसँगको सहकार्यमा गरिएको पार्वती माविमा गरिएको स्वास्थ्य शिविरमा ४ सय ४५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। शिविरमा दुई सय जनाको मधुमेह परीक्षण गरिएको चितवन हस्पिटलका सञ्चालक समिति सदस्य तथा पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ प्राध्यापक डा.विजयप्रसाद पौडेलले जानकारी दिए। उनीहरुमध्ये नयाँ १२ जनामा मधुमेह पहिचान ...