×

चितवन –  नेपाली उत्पादनलाई प्रर्वद्धन तथा युवाहरुलई व्यवसायिक सीपको विकासगर्ने उद्देश्यले चितवनको नारायणगढमा “मेड इन नेपाल एक्स्पो एण्ड फुडफेष्टिवल” आयोजना हुँदैछ ।चैत्र २९ गतेदेखि बैशाख २ गतेसम्म क्याम्पा चौर नारायणगढमा आयोजनाहुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको शुक्रवार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नेपाल युवा उद्यमी मञ्च, चितवन च्याप्टरले आयोजनागर्न लागेको एक्स्पोमा नेपालमा उत्पादनहुने खाद्यन्न सामग्रीदेखि विलासी सामग्री सम्मको अवलोकनगर्न पाइनेछ ।स्वदेशी स्वादिष्ट अचार, मह, स्वदेशी कपडा, टोपी, ब्याग, जुत्ता, सेन्चुरी मसला देखि १ सयभन्दाबढी नेपाली उत्पादन सम्बन्धि व्यवसायिक स्टलहरु रहने मञ्चका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परगत कपडा, फूड एण्ड बेभरेज, ग्रीन इन्डस्ट्री, रियल स्टेट, टेक्नोलोजी, तथा इनोभेसन लगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायहरु सहभागीहुने मञ्चका पूर्व अध्यक्ष सुर्यभक्त अधिकारीले जानकारी दिनुभयो ।

नेपाली उत्पादन, युवा व्यवसायशीलता र सांस्कृतिक पहिचानको उत्सवको रुपमा आयोजनाहुने एक्स्पोमा दैनिक राष्ट्रिय कलाकारहरुको सांगेतिक प्रस्तुती समेत रहनेछ।विहान १० बजेदेखि साँझ ६ बजे सम्म एक्स्पो संचालनहुनेछ । एक्स्पोमा अवलोकनगर्न आउनेहरुले कुनै शुल्क तिर्नुपर्दैन । साँझ ५ बजेदेखि ९ बजेसम्म ग्राण्ड फूड फेस्टिभलहुनेछ ।

देशका विविध जातीयता र क्षेत्रीय भान्साका मौलिक खानाहरुको स्वाद लिन सकिने मञ्चका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिनुभयो ।एक्स्पो अवलोकन निशुल्क भएपनि सांगेतिक कन्सर्टहेर्नका लागि भने ३ स्य र ५ सय रुपैयाँको टिकट लिनुपर्ने छ ।

तपाईको प्रतिक्रिया