कौडा र तास खेल्ने १२ जना चितवन प्रहरीद्धारा पक्राउ (फोटो सहित)
चितवन । महाशिवरात्रीको दिन जुवा खेलिरहेका एक दर्जन मानिसलाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको साथबाट डेढलाख भन्दा बढि रकम समेत बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।रत्ननगर नगरपालिका वडा नं. १६ खैरेटी स्थित राम बहादुर मगरको घरमा कौडा खेलिरहेका तीन जनालाई एक लाख चौध हजार चार सय पचास रुपैँया सहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाले जानकारी दिए ।
त्यसैगरी भरतपुर महानगरपालिका वडा नं. १४ बाट तास खेलिरहेको अवस्थामा ९ जना पक्...


