चितवनको कालिका नगरपालिकाबाट १० जुवाडे पक्राउ (नाम सहित )
चितवन । चितवनको कालिका नगरपालिकाबाट १० जना जुवाडेहरु पक्राउ परेका छन । कालिका नगरपालिका वडा नं. ८ गैरीबारी स्थित अमर बहादुर खत्रीको घरमा तास खेलिरहेका १० जुवाडेहरु पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टाँडी र प्रहरी चौकी खोलेसिमलको संयुक्त टोलिले उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सरोज गिरीले जानकारी दिए ।
उनिहरुको साथबाट ५१ हजार ३ सय ८५ रुपैयाँ नगद बरामद भएको उनले बताए । पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय टाँडीमा राख...


