×

चितवन सेरोफेरो

एमसीसीको विरोध गर्दै आज चितवन बन्द : शैक्षिक संस्था संचालनमा आएनन्

एमसीसीको विरोध गर्दै आज चितवन बन्द : शैक्षिक संस्था संचालनमा आएनन्
चितवन । एमसीसीको विरोध गर्दै आज चितवन बन्द आब्हान गरिएको छ । बन्दको सामान्य प्रभाव परेको छ । सवारीसाधन निर्वाद रुपमा संचालनमा आएका छन् भने शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् । विहानै बन्द सफल गराउन भन्दै हिडेका देशभक्त गणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सदस्य घननाथ सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । पुल्चोकबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनका चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सडकमा बन्दकर्ता देखिएका छ...

 एमसीसीको विरोधमा भाेलि चितवन बन्द आह्वान

 एमसीसीको विरोधमा भाेलि चितवन बन्द आह्वान
चितवन । एमसीसीको विरोध गर्दै भोलिका लागि आब्हान गरिएको चितवन बन्द सफल बनाउन भन्दै निकालिएको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । नारायणगढको लायन्सचोकमा सोमबार साँझ एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले बन्दको आब्हान गर्दै मसाल जुलुसको निकाल्न खोजेको थियो । सो क्रममा प्रहरीले आन्दोलनकर्ताको मसाल खोसेको छ ।मसाल जुलुस निकाल्न नपाएपछि उनिहरुले एमसीसीको बिरोधमा केहीबेर चर्को नाराबाजी गरे । उनिहरुले लायन्सचोकदेखि शहिदचोकसम्म ¥याली समेत निकाले । एमसीसी खारेजी अयि...

अवैध नेटवर्किङ्गमा फसाएर सर्वसाधरणलाई ठग्दै भारतीय गिरोह : तीन जना प्रहरी नियन्त्रणमा

अवैध नेटवर्किङ्गमा फसाएर सर्वसाधरणलाई ठग्दै भारतीय गिरोह : तीन जना प्रहरी नियन्त्रणमा
चितवन –चितवनमा अवैध नेटवर्किङ्ग गर्ने भारतीयहरुको गिरोह सक्रिय भएको भेटिएको छ । उनीहरुले नेटवर्किङ्गमा फँसाएर चितवनवासीलाई ठग्ने गरेको पाइएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले ‘क्यु नेट’ नामक नेटवर्किङ्गमा संलग्न दुई भारतीयसहित एक नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी उपरीक्षक  ओम अधिकारीले नेटवर्किङ्ग सञ्चालन गरिरहेका तीन जनालाई नियन्त्रणमा लिएको नारायणी अनलाइनलाई बताए । २८ वर्षीय भारतीय नागरिक जितेश बर्मा, अर्का भारतीय नागरिक ३२ वर...

भरतपुरको बिजयनगरमा भाले गैंडा मृत फेला

भरतपुरको बिजयनगरमा भाले गैंडा मृत फेला
चितवन – भरतपुर महानगरपालिका १६ बिजयनगरमा गैंडा मृत फेला परेको छ । अन्दाजी १०-१२ वर्षको भाले गैंडा सोमबार बिहान मृत अवस्थामा फेला परेको हो । सिद्धि गणेश सामुदायिक वनबाट करिब एक किलोमिटर गाउँतर्फ उक्त गैंडा फेला परेको डिभिजन वन कार्यालय चितवनका प्रमुख, डिभिजनल वन अधिकृत पदमराज नेपालले जानकारी दिए । नेपालका अनुसार आज बिहान ७स्३० बजे स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि कार्यालयमा खबर गरेका थिए । मृत गैंडाको खागलगायतका बहुमुल्य अंगहरु सुरक्षित रहेको उनले बताए । घटनास्थलमा अ...

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु

चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु
चितवन । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. १३ गंगानगरको सीतमाई क्षेत्रमा बाघको आक्रमणबाट स्थानीय ६६ वर्षका डिल्लीराज सुवेदीको मृत्यु भएको पत्रकार अपिल घिमिरेले उज्यालाे खबरलाई जानकारी दिए । सीतामाई मन्दिरमा पुजा गरेर फर्कदै गरेका सुवेदीलाई बेलशहर सामुदायिक बनबाट आएको बाघले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । शुक्राबार विहान फेला परेकाे शवको पहिचान आफन्तले गरेका छन् । शवलाई पोष्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ ।

चितवनमा दुई ठूला महोत्सव सँगसँगै

चितवनमा दुई ठूला महोत्सव सँगसँगै
चितवन । विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन् । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य सङ्घ–चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपालो ग...

शंकर शितल स्मृति भवनको शिलान्यास

शंकर शितल स्मृति भवनको शिलान्यास
चितवन । भरतपुर महानगरपालिका वडा नं ११ मा शंकर शितल स्मृति प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ ।चितवन जिल्ला क्षेत्र नं २ ख का प्रदेश सांसद विजय सुवेदीले उक्त भवनको शिलन्यास गर्नुभएको हो। भवन शिलन्यास गर्दै सांसद सुवेदीले विभिन्न सामाजिक काम गर्दै आएको प्रतिष्ठानले यस पटक भने शंकर र शितललाई दिर्घकालीन रुपमा सम्झने गरी काम गरेको बताउदै सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष वावुराम अधिकारीले वडा नम्वर ११ ले हनोहार दुइृ युवा...

माडीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी अख्तियारद्वारा कार्यक्रम

माडीमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी अख्तियारद्वारा कार्यक्रम
चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा सोमवार चितवनको माडी नगरपालिका - ३ मा रहेको माडि माध्यामिक विद्यालयमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन, भ्रष्टाचारको कारण र असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थी शिक्षक तथा शैक्षिक क्षेत्रको भूमिकाको सम्बन्धमा जानकारी दिइएको थियो । माडी क्षेत्रमा कार्यरत नागरिक समाज, शिक्षक, अभिभावक, विद्यार्थी र अन्य...

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटियो
काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । एक जना विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका अर्का नेपालीमा संक्रमण पुष्टि भएको हो । दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।