चितवन । चितवनको माडी नगरपालिका वडा नं. ७ गोपालनगरकी ३८ वर्षीया मिना कुमारी प्रसाई नारायणी नदीमा हाम फालेर आत्महत्या गरेकि छन् ।शुक्रबार मध्यान १२ :५५ वजे नारायणी नदी माथि पुलबाट हाम फालेकि उनको दिउसो १ : ३० वजे उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

प्रसाई नदीमा हाम फालेको सूचना पाउने वित्तिकै प्रहरी टोली पुगेको थियो ।उनलाई तत्काल उद्धार गरि भरतपुर अस्पताल लगिएकाे थियो । उपचारको क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो । पछिल्लो समय नारायणी फुलबाट हाम फाल्नेको संख्या बढ्न थालेको छ ।

तपाईको प्रतिक्रिया