×

चितवन सेरोफेरो

गैँडाको आक्रमणबाट दुई जना घाइते

गैँडाको आक्रमणबाट दुई जना घाइते
भरतपुर । पश्चिम चितवनमा गैँडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज दिउँसो ३ः३० बजे गैँडाको आक्रमणबाट दुई घाइते भएका हुन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइते हुनेमा स्थानीय ७० वर्षीय बुदना महतो र ८० वर्षीय धोधारी महतो रहेका छन् । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार घर अगाडि घाम तापेर बसिरहेको अवस्थामा उनीहरूलाई गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणमा परी दुवै जना खतरामुक्त रहेको र उपचारका लागि चितवन...

यी हुन् भारतबाट आएर चितवन आसपासमा लुटपाट गर्ने सातजना !

यी हुन् भारतबाट आएर चितवन आसपासमा लुटपाट गर्ने सातजना !
चितवन । बिभिन्न मेला महोत्सब तथा भिडभाडमा चोरी गर्ने सात जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरि सार्बजनिक गरेको छ । पक्राउ पर्ने सात जनानै भारतको गोरखपुरका रहेका छन् । पक्राउ पर्नेहरुमा २५ वर्षिया प्रियाङका देवी, २० वर्षिया अतिम्मा देवी, २५ बर्षिया पायल देवी, १८ वर्षिया नितु देवी, ३५ वर्षिया शिल देवी, ४० वर्षिया मञ्जु देवि र १८ वर्षिया आरोही भारती रहेका छन् । उनीहरुले माघ १ गते दिउँसो १२ः३० वजे शहिदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका वड...

चितवनमा सय बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

चितवनमा सय बढी स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण
चितवन –जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा ड...

चितवन निकुञ्जका तीन मत्ता हात्तीः जसले ४४ जना मानिसको ज्यान लिए

चितवन निकुञ्जका तीन मत्ता हात्तीः जसले ४४ जना मानिसको ज्यान लिए
चितवन । समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता भाले हात्ती समय–समयमा मात्तिने गरेका छन् । यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन् । मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन् । हात्तीका विषयमा विद्यावारिधि गरिरहनुभएका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बताउनुहुन्छ । मात्तिएकै बेलामा हात्तीले धेरै जिउधनको क्षति गराउने गरेका छन् । उहाँको भनाइमा रोनाल्डोले २२, धुव्रेले १९ र गोविन्देले तीन जनाको ज्यान लिइसकेका छन...

धुर्मुस सुन्तली विरुद्ध अख्तियारमा उजुरी, प्रक्राउ गरि कारबाही गर्न माग

धुर्मुस सुन्तली विरुद्ध अख्तियारमा उजुरी, प्रक्राउ गरि कारबाही गर्न माग
चितवन– धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।भरतपुर महानगरपालिका–१५ मा निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा व्यापाक अनियमितता भएको भन्दै उनीहरुविरुद्ध छानविन होस भनि उजुरी गरिएको हो । वाग्मती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरुविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरि छानबिन ...

प्रशासनले आतंकित बनाएको भन्दै किराना व्यवसायी संघ चितवन आन्दोलनमा (विज्ञेप्ती सहित )

प्रशासनले आतंकित बनाएको भन्दै किराना व्यवसायी संघ चितवन आन्दोलनमा (विज्ञेप्ती सहित )
चितवन । बजार अनुमगनका नाममा प्रशासनले व्यवसायीहरुलाई आतंकित बनाएको भन्दै चितवनका किराना व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।संघमा आवद्ध व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलिले पहिलो पटकमै अधिकतम जरिवाना लगाएको, तत्काल जरिवाना रकम बुझाउन चेतावनी दिएको तथा प्रहरी लगाएर पक्राउ गरि चोरी तथा ज्यानमारा जस्तो धम्कीपुर्ण भाषा प्रयोग गरेको भन्दै किराना व्यवसायीहरु रुष्ट बनेका हुन् । शनिवार एक विज्ञेप्ती जारी गर्दै किराना व्...

भरतपुर अस्पतालले भन्यो – कोरोनाको उच्च प्रकोप देखियाे, सकेसम्म अस्पताल नआउनू

भरतपुर अस्पतालले भन्यो – कोरोनाको उच्च प्रकोप देखियाे, सकेसम्म अस्पताल नआउनू
चितवन । भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ।प्रेस विज्ञप्ति जारी गरी अस्पतालले जिल्लामा कोभिड-१९ संक्रमणको उच्च प्रकोप देखिएको उल्लेख गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा। डा।कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौंको त्रिवि शिक्षण र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएको उल...

चितवनमा थप १४६ जनामा कोरोना संक्रमण

चितवनमा थप १४६ जनामा कोरोना संक्रमण
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय चितवनको अनुसार ४७० जनाको पिसियार र ५६ एन्टिजेन परिक्षण गर्दा भरतपुर महानगरपालिकाको ११७, खैरहनी नगरपालिकाको सात, माडी नगरपालिकाको तीन, रत्ननगर नगरपालिकाको १३, राप्ती नगरपालिकाको दुई, कालिका नगरपालिकाको एक र इच्छाकामना गाँउपालिकाको एक जना गरी १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै चितवनमा सक्रिय संक्रमित ४७० पुगेको छ जसमध्य विभिन्न अस्पता...

रत्ननगरको नगर सभा : गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष

रत्ननगरको नगर सभा : गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष
रत्ननगर  । रत्ननगर नगरपालिकाले विहीबार दसौं नगर सभा गरेको छ । नगर सभाले एउटा ऐन,तीन वटा कार्यविधि र १७ वटा योजनाहरु शिर्षकान्तर गरेको छ । नगर सभाले वाताबरणीय तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७८,विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि,एफएम रेडियो सञ्चालन तथा व्यवस्थापन कार्यविधि,गरिव घरपरिवार तथा परिचयपत्र वितरण कार्यक्रमका लागि करारमा सुपरिबेक्षण तथा गणक व्यवस्थापन कार्यविधि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले जानकारी दिए । शिर्षकान्तर गरिएका १७ वटा योजनामा अधिका...