चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले वडास्तरीय कार्यालय उद्घाटन अभियान सुरु गरेको छ । भरतपुर महानगरको वडा नम्बर २७ मेघौली र २८ नम्बर वडाको जीतपुरमा वडा कार्यालय स्थापना गरेको छ । राप्रपा केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद रिना गुरुङले पार्टीको वडा कार्यालयको उद्घाटन गर्नुभएको राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले जानकारी दिनुभयाे ।

कार्यक्रममा राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकाल, बरिष्ठ उपाध्यक्ष चेतनाथ वाग्ले, सचिव केशवराज भण्डारी, प्रवक्ता राजु भण्डारी, महानगर अध्यक्ष दिपक थापा, क्षेत्रीय अध्यक्ष मदन पौडेल, नगर सचिव सुलभ सिग्देल , नगर सहसचिव चिरञ्जिवी सापकोटा, जिल्ला सदस्य अमर पराजुली, नगर सदस्य चण्डीप्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै न्यून उपस्थितिमा कार्यालय स्थापना गरिएको हो । यसअघि भरतपुर १५ र १८ नम्बर वडामा वडा कार्यालय स्थापना गरिएको हो ।

चितवनका सात वटै स्थानीय तहहरुमा वडास्तरीय कार्यालय स्थापना गरिने जिल्ला अध्यक्ष रुद्रप्रसाद ढकालले बताउनुभयो । केन्द्रीय सदस्य रिना गुरुङले स्थानीयका जनगुनासा संकलन तथा सम्बोधन गर्न वडा कार्यालय स्थापना गरिएको बताउनुभयो । उहाँले आसन्न स्थानीय तह निर्वाचनमा राप्रपाले स्थानीय तहका धेरै सिट जित्ने दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया