भरतपुरमा ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण
चितवन । भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ बिद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रबृति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपउन्मुख तथा अति सिमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।
भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा बिद्यालयका २४० जना बिद्यार्थीको हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी बिद्यालयका बिद्यार्थीका लागि प्रदान गरिने छात्रबृति रकम बैक मार्फत बिद्...


