अष्ट्रेलिया जान चाहनेहरुका लागि लक्षित गर्दै नोभा एजुकेशनको शाखा चितवनमा सञ्चालन
चितवन । नोभा एजुकेशन एण्ड कन्सल्टिङ सर्भिसेसले चितवन शाखा स्थापना गरेको छ । भरतपुर महानगरपालिका १० क्याम्पस गेट अगाडि स्थापित शाखाको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै चितवनमा शाखा सञ्चालन गरिएको नोभा ब्रिसबेनका निर्देशक ईश्वरचन्द्र कुँईकेलले जानकारी दिए । अष्ट्रेलिया जान चाहने चितवनका विद्यार्थीहरुलाई गुणस्तरीय परामर्श सेवा प्रदान गर्नका लागि शाखा स्थापना गरिएको उनको भनाइ छ ।
नोभाले विद्य...


