चितवनमा चट्याङ लागेर १४ जना घाइते भएका छन् । आज (बुधवार) साँझ ६ बजे कालिका नगरपालिका ८ मझुवा स्थित कमला विकको खेतमा रोपाइँ गरिरहेको १४ जना चट्याङ लागेर घाइते भएका हुन् ।

रोपाइँ गर्दागर्दै पानी परेपछि उनिहरु स्थानिय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सो क्रममा हुरिवतास संगै पानीसंगै आएको चट्याङले उनिहरुलाई घाइते बनाएको थियो । घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया