चितवन  । चितवनको भरतपुर अस्पतालमा बेवारिसे अबस्थामा नवजात शिशु फेला परेको छ।बिहिवार दिउँसो साढे २ बजेको समयमा अस्पतालको सी ब्लकको भर्याङमुनि शिशु (छाेरी) भेटिएको चितवन प्रहरीले जनाएको छ।

हेर्दा एक दुई दिनको जस्तो देखिने शिशुको सोही अस्पतालको एनआइसियुमा उपचार भइरहेको छ।शिशु कसले कुन समयमा सो स्थानमा छाडी गएको भनी खुल्न नसकेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया