चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले अनावश्यक कर्मचारी कटौती गर्ने भएको छ । अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिले करारमा नियुक्ती दिएका १० जना कर्मचारीहरुलाई पालिकाले यसपटक नविकरण नगर्ने भएको हो । बुधबार बसेको गाउँसभा बैठकले करारमा नियुक्त भएका १० जना कर्मचारीहरुको नविकरण नगर्ने निर्णय गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपालले बताउनुभयो ।
निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमहरुका लागि करारमा नियक्ति दिएका कर्मचारीहरुलाई कार्यसम्पादनको आधारमा हटाउन लागिएको उहाँले बताउनुभयो । निश्चित समयका लागि सञ्चालन गरिएका कार्यक्रमहरुको अवधि सकिएपछि कर्मचारी राखेर राज्यको ढुकुटी सक्नुभन्दा पालिकाको विकास निर्माणमा खर्चिने उद्देश्यले यस्तो निर्णय भएको उहाँको भनाई छ ।



उज्यालो खबर




