चितवनका तीन नेतृ बने कांग्रेसबाट प्रदेश सांसद
चितवन–नेपाली कांग्रेसको समानुपातिक सूचीबाट चितवनका तीन जना महिला नेता बागमती प्रदेशको सांसद चुनिएका छन् । कांग्रेसले शनिबार निर्वाचन आयोगले बुझाएको सांसदको सूचीमा चितवनका महिला नेतृहरुले अवसर पाएका हुन् ।
कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेकी नेतृ विनु रायमाझी पौडेल र गीता गुरुङ, नेतृ माया श्रेष्ठ सांसदमा चुनिएको कांग्रेस स्रोतले जनाएको छ । सांसद पौडेल तरुण दल हुँदै कांग्रेसको राजनीतिमा लामो समयदेखि कृयाशिल छिन् । कांग्रेसको हरेक गतिविधिमा उनको सक्रियता देखिन्छ । उनी बाग...


