चितवन । भरतपुरको चितवन गार्डेन रिर्सोटलाई  आज साँझ शिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी, खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख घननाथ अधिकारी  सहितकाे टाेलिले रिसाेर्टकाे भान्सा शिल गरिएकाे हाे ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवि शर्माले प्रमुख जिल्ला अधिकारीकाे आदेश नआए सम्मका लागि हाेटल शिल गरिएकाे बताउनु भयाे ।साे क्रममा चितवन क्षेत्र नं . २ का संघीय सांसद रवि लामिछाने समेत उपस्थित हुनुहुन्थ्याे ।

प्रशासनले आजै दिउसो उक्त होटलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममाउपभोग्य मिति समाप्त भएका अखाद्य बस्तु होटलमा भण्डारण गरेर राखेको भेटिएको थियो भने होटलको भान्सालाई प्रदुषणमुक्त बनाउनका लागि स्वचालित ढोका नभएको, मासु जन्य पदार्थ राख्नका लागि डि फ्रिजको तामक्रम न्युनतम माइनस १८ हुनुपर्नेमा माइनस ३ मात्रै पाईएको थियो ।

अनुगमनको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाउने र त्यसपछि थप प्रक्रिया अघि बढाइने उनले बताए । होटल सञ्चालकलाई बुधवार प्रशासन कार्यालयमा उपस्थित हुन भएनिएको सहायक प्रजिअ शर्माले बताए ।

रिसोर्टमा विवाहको भोज खाएका तीन सय भन्दा बढी एकैसाथ बिरामी भएका छन् । मंसिर २३ गते रिसोर्टमा भोज खाएका उनीहरु एकैसाथ बिरामी भएका हुन् । नवलपुरको गैंडाकोट नगरपालिका १ का गणेश ढकाल र भरतपुर १० हाकिमचोककी शरिश्मा अधिकारीको सिजिआरमा विवाह भएको थियो । विवाहमा भोज खाएका मध्ये केहीलाई सोही दिनबाट समस्या देखिएको थियो । केहीलाई भोलिपल्टबाट समस्या देखिएको भोजमा सहभागीहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया