
नवलपुर । तनहुँमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकि छिन् । शुक्लागण्डकी नगरपालिका वडा नं. ४ प्रगतीटोलमा बस्दे आएकी ३६ वर्षीया शुशिला बिकले आफ्नै ४० वर्षका मन बहादुर नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मादक पदार्थ सेवन गरी घरायसी कुराहरुमा विवाद हुदाँ ढुङ्गाले श्रीमान मनबहादुरको टाउकोमा प्रहार गर्दा उनको ज्यान गएको हो ।
पोखरा महानगरपालिका वडा नं. ३० सिसुवा स्थायी घर भएका उनिहरु केहि वर्षदेखि तनहुँमा बस्दै आएका थिए ।
श्रीमानकाे हत्या गर्ने शुशिलालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रकृया सुरु गरिएको प्रहरीले जनाएको छ ।