चितवन । मंसिर २३ गते चितवन गार्डेन रिसोर्टमा बिहेभोज खाएकाहरु बिरामी परेपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सो रिर्सोटको अनुगमन गर्नुभएको छ।
रिर्सोटमा भोज खाएकाहरु विरामी भै अस्पताल भर्ना भएपछि मेयर रेनु दाहाल नेतृत्वको टोलिले आज सिजिआरको अनुगमन गरेको मेयर दाहालको सचिवालयले जनाएको छ ।
मेयर दाहालसँगै अनुगमनमा उपमेयर चित्रसेन अधिकारी, वडा नं. १० का अध्यक्ष परमेश्वर खनाल लगायत रहनुभएको थियो ।अनुगमन पश्चात मेयर दाहालले रिसोर्टको कारण विरामी परेको निचोड निस्किए नियमअनुसार कारबाही हुने बताउनुभयो ।
बिरामी परेकाहरुको अहिले नेश्नल सिटी हस्पिटलमा उपचार भईरहेको छ । रिसाेर्टकाे चरम लापहरवाहीका कारण भाेज खाएकाहरु विरामी परेकाे भन्दै पिडितहरुले चितवन गार्डेन रिसाेर्टलाइ तत्काल शिल गरेर कारबाही गर्न माग गरेका छन् ।

तपाईको प्रतिक्रिया