व्यवसायी कँडेलको शव आज देवघाटमा अन्त्यष्टी गरिने
चितवन–पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेलको शवलाई आज देवघाटमा अन्त्यष्टी गरिने भएको छ । वैशाख १९ गते साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको शवको पाँच दिनपछि अन्त्यष्टी गर्न लागिएको हो ।
शवको अन्त्यष्टी गर्नुअघि शवयात्रा निकाल्ने नेपाली कांग्रेस चितवनको तयारी छ । भरतपुर महानगरपालिका–८ स्थित कँडेलको निवासबाट बिहान ११ बजे कांग्रेस पार्टी कार्यालय कमलनगर, नारायणगढ हुँदै देवघाटसम्म शवयात्रा निकालेर अन्त्यष्टी गर्न लागिएको चितवन कांग्रेसका न...


