लडाकु शिविरमा भएको हिनामिनाको अख्तियारले छानबिन गर्नुपर्छ : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले एकलौटी निर्णय गरेर नेकपा माओवादी केन्द्रका पूर्वलडाकुलाई पैसा दिन लागेको बताएका छन्।च्यासलमा बिहीबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्रमा समस्या भएका बेला लडाकुलाई पैसा दिने निर्णय सरकारले गरेको बताए।
‘विकास निर्माणका काम अबरूद्ध छन्। यस्तो बेलामा बहिर्गमित लडाकु, क-कसलाई भनेर फेरि २ लाख रुपैयाँ बाँड्ने भन्ने एकलौटी निर्णय गरेर माओवादी केन्द्र नेतृत्वको सरकार अघि बढ्न खोजिरहेको छ,’ उ...


