एक्सपर्ट चितवन सधै उत्कृष्ट
चितवन–चितवनको भरतपुर महानगरपालिका–१०, होटल रोयल सेन्चुरी पछाडी अवस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज सधै उत्कृष्ट शैक्षिक परामर्श संस्थाको रुपमा ठहरिदै आइरहेको छ । सन् २०२२ भित्रमा पुनः यस संस्था उत्कृष्ट संस्थाको अवार्डहरु प्राप्त गर्न सफल भएको छ ।
अष्ट्रेलियामा मुख्य कार्यालय रहेको एक्सपर्टले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, युके, न्यूजील्याण्डलगायत देशमा जानका लागि सहजीकरण गर्दै आइरहेको छ । अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा विश्...


