आज भरतपुरका दुई फिडर सात घण्टा बन्द हुने
चितवन–नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले आज भरतपुरका दुई वटा फिडर दिनभर बन्द गर्न लागेको छ ।
पुलचोक–गोन्द्राङ छ लेन सडक अन्तर्गत जिल्ला प्रशासन कार्यालय नजिक बसपार्क चोकमा रहेका ११ केभी लाइन हटाई विजुलीका पोल सडक सिमा बाहिर सार्नका लागि हस्पिटल फिडर र औद्योगिक १ फिडर बन्द गर्न लागिएको केन्द्रले जनाएको छ ।
दुई फिडरहरु बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । हस्पिटल फिडर बन्द हुँदा क्यान्सर अस...


