चितवन । चितवनका पत्रकार अनिल ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका छन । १६ औं गणतन्त्र दिवस २०८० को अवसरमा पत्रकार ढकाललाई विकास पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।
दुई दशकदेखि पत्रकारितामा सकृय ढकाललाई नगद बीस हजार सहितको पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यादब चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पुरस्कार प्रदान गरेका हुन ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष रहेका ढकाल अन्नपूर्ण पोष्ट् दैनिकका चितवन सम्बाददाता र एपिवान टेलिभिजनका भरतपुर ब्युरो प्रमुखका रुपमा कार्यरत ढकालले सामाजिक एवं बिकासको सवालमा कलम चलाउदै आएका छन ।
ढकालसंगै बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामिण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट नुवाकोटका शक्तिमाया तामाङ र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्न पुरस्कृत भएका छन ।



उज्यालो खबर




