चितवनकाे बाँदरमुढे घटनाको १८ वर्ष पुरा, पीडितको गुनासो अझै उस्तै
चितवन–बाँदरमुढे घटना भएको आज १८ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १८ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि उस्तै छ ।
बाँदरमुढे घटना पिडित समितिले आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको छ । ‘दोषीलाई कारबाही गर, पिडितको अधिकार सुनिश्चित गर’ भन्ने नारासहित पिडितले कार्यक्रम गर्न लागेका हुन् । १८ वर्षसम्म पनि आफुहरुले न्याय नपाएको उनीहरुको गुनासो छ ।
घटना गराउने नेकपा माओवादी केन्...



