×

चितवन सेरोफेरो

मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक युवाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक युवाको मृत्यु
चितवन । चितवनमा मोटरसाइकल दुर्घटनामा परि २७ बर्षीय युवकको ज्यान गएको छ । भरतपुर महानगरपालिका वडा ५ कल्याणपुर स्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा भरतपुर १९ का २७ वर्षका सन्तोष गुरुङको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । आइतबार साँझ कल्याणपुर तर्फ आउदै गरेको गुरुङले चलाएको ना ६४ प ६७० नम्बरको मोटरसाइकल अनियन्त्रीत भै दुर्घटना हुँदा उनि गम्भिर घाइते भएका थिए । घाइते गुरुङको उपचारको क्रममा आज विहान पौने ३ वजे चितवन मेडिकल कलेजमा ज्यान गएको प्रहरीले जनाएको छ ।

सेवा सुविधाकाे माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दाेलित

सेवा सुविधाकाे माग गर्दै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरु आन्दाेलित
चितवन। नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति चितवनले आइतबारबाट शिक्षा विकास तथा समन्वय इकाई भरतपुर चितवनमा धर्ना सुरु गरेको छ । विद्यालय कर्मचारीलाई उचित पारिश्रमिकको व्यवस्था हुन नसकेको भन्दै विद्यालय कर्मचारीले धर्ना बसेर विरोध जनाएका हुन् । संघीय सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा उल्लेख भएको सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाको व्यवस्था गरिने भन्ने कुराको बेवास्ता गरिएको विद्यालय कर्मचारी परिषद् चितवनका अध्यक्ष सजन म...

लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित

लगानीकर्ताले गराए टीएमएस बन्द, शेयर कारोबार प्रभावित
काठमाडौं । लगानीकर्ताहरूले सबै ब्रोकर कार्यालयमा टीएमएस बन्द गरिदिएपछि शेयर कारोबार प्रभावित भएको छ ।आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक संशोधन नभएसम्म शेयर कारोबार नगर्ने चेतावनी दिँदै सबै ब्रोकर कार्यालयमा सूचना टाँसेर टिएमस बन्द गराएका हुन् । उनीहरुले कुनै ब्रोकरले टिएमएस खोलेका कारण उत्पन्न परिस्थितिको जिम्मेवारी सम्बन्धित ब्रोकरले नै लिनु पर्ने चेतावनीसहितको सूचना ब्रोकर कार्यालयमा टाँसेका हुन् । टिएमएस नखुलेका कारण अनलाइनबाट कारोबार गर्ने लगान...

महोत्सव गर्न नारायणी नदीमा पुरिएको फोहोर उठाइयो

महोत्सव गर्न नारायणी नदीमा पुरिएको फोहोर उठाइयो
चितवन–चितवन महोत्सव आयोजना गर्न नारायणी नदी किनारमा पुरिएको फोहोर उठाइएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवलने नदी किनारको मैदान सम्याउन फोहोर पुरेको थियो । नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले आदेश दिएपछि संघले फोहोर उठाएको हो । पुरेको पाँच महिनापछि संघ आफैले फोहोर उठाएर भरतपुर महानगरपालिकाले विसर्जन गर्दै आएको नगरवनमा लगेर फालेको छ । पुरेको फोहोर निकालेर अन्यत्र विसर्जन गर्न नदी संरक्षणकर्मीले माग गर्दे आएका थिए । ढिलै भएपनि नदीमा पुरिएको फोहोर हटाए...

चितवनमा श्रीमानद्धारा आफ्नै श्रीमतीमाथी छुरा प्रहार, अवस्था गम्भिर

चितवनमा श्रीमानद्धारा आफ्नै श्रीमतीमाथी छुरा प्रहार, अवस्था गम्भिर
चितवन । चितवनको रत्ननगरमा श्रीमानले आफ्नै श्रीमतिमाथी छुरा प्रहार गरेका छन् ।  रत्ननगर वडा नं १५ हातेमालो टोलका राजन रेग्मीले श्रीमति अनिता रेग्मीलाई शनिवार विहान छुरा प्रहार गरेका हुन । अनिताको गम्भीर अबस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लामो समय देखि घरायसी विवादका कारण रेग्मी दम्पती सम्बन्ध विच्छेद गर्ने अबस्थामा पुगेका थिए । शुक्रबार राती श्रीमान र श्रीमती बीच झगडा परेको थियो । उनीहरुका एक छोरा दुई छोरी छन । विहान साढे छ बजे छोरा शौचालय गएको ...

चितवनमा प्रहरी र एमाले कार्यकर्ताविच मसाल खोसाखोस (भिडिओ)

चितवनमा प्रहरी र एमाले कार्यकर्ताविच मसाल खोसाखोस (भिडिओ)
चितवन । चितवनको भरतपुरमा नेकपा एमालेका कार्यकर्ता र प्रहरीविच मसाल खोसाखोस भएको छ । नागरिकता बिधेयक लगायत गठबन्धन सरकारले गरेका गलत कामको विरोधमा राष्टिय युवासंघ नेपाल चितवनले भरतपुरको चौविसकोठीमा आयोजना गरेको विरोध कार्यक्रममा प्रहरी र एमाले कार्यकर्ता विच मसाल खोसाखोस भएको हो । नेकपा एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले सम्बोधन गरिरहेका बेला युवासंघका कार्यकर्ताले प्रहरीलाई झुक्याउदै एक्कासी राँके जुलुस निकालेपछि लफडा भएको हो । विरोध प्रर्दशनको अग्रभागमा  युवासंघका नेता...

अधिक गर्मीका कारण भरतपुरका विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने

अधिक गर्मीका कारण भरतपुरका विद्यालय आइतबारदेखि ६ दिन बन्द हुने
चितवन–भरतपुर महानगरपालिकाले आइतबारदेखि महानगर भित्रका विद्यालय ६ दिन बन्द गर्ने निर्णय गरेको छ । अत्याधिक गर्मीका कारण वर्षे विदा कटौती गर्दै जेठ २१ देखि २६ गते शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको महानगरका शिक्षा अधिकारी महेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।

आज देशका चारवटा प्रदेशमा वर्षा हुने

आज देशका चारवटा प्रदेशमा वर्षा हुने
काठमाडौं ।  शुक्रबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भूभागका ‍एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका ‍एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भरतपुर महानगरले गर्‍यो अवैध संरचना हटाउन सुरु

भरतपुर महानगरले गर्‍यो अवैध संरचना हटाउन सुरु
चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर-१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध संरचना हटाउने क्रममा आज नारायणी नदी किनारका आठ संरचना हटाउन लागिएको छ । यस्तै सोही क्षेत्रमा ३५ सङ्घसंस्थाले अवैध संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको छ । ती संरचना समेत भत्काउनका लागि सूचना जारी गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउन...