×

चितवन । भरतपुरको लक्ष्मी माध्यामिक विद्यालयमा एकीकृत पाठ्यक्रम प्रवोधीकरण, शैक्षिक सामाग्री निर्माण तथा आईसीटी सम्बन्धी तिनदिने तालिम सम्पन्न भएको छ ।

क्षेत्रीय शिक्षा निर्देशनालय बागमती प्रदेशको बार्षिक स्वीकृत कार्यक्रम अनुसार विद्यालयका शिक्षकहरुको लागि तालिम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले जानकारी दिनुभयो । तालिमले विद्यार्थीहरुको सिकाइ क्षमता वृद्धिहुने र विद्यालयको शैक्षिक उपलव्धी बृद्धिहुने अपेक्षा राखिएको ढकालले बताउनुभयो ।

तालिममा एकीकृत पाठ्यक्रम प्रवोधीकरणका विषयमा प्रशिक्षक (पाठ्यक्रम विकास केन्द्र अधिकृत) सुमन सिलवाल, शैक्षिक सामाग्री निर्माण र प्रयोगका विषयमा प्रशिक्षक गोपाल प्रसाद भण्डारी र विद्यालयका कम्प्युटर शिक्षक सुजन पौडेल, प्रज्वल खड्का र भुवन सापकोटाले आइसीटी का विषयमा प्रशिक्षण दिनुभएको  थियाे । तालिममा विद्यालयका  ३५ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी पौडेलले आगामी दिनमा समेत शिक्षकहरुको क्षमता अभिबृद्धिका लागि गुणस्तरीय तालिम आयोजना गर्ने बताउनुभयो ।भरतपुर महानगरमै नमूना विद्यालयको रुपमा लक्ष्मी माविलाई स्थापित गर्न आफुले पहल गर्ने पौडेलको भनाइ थियो ।आजभन्दा ६० वर्षअघि स्थापना भएको लक्ष्मी माध्यामिक विद्यालययमा करिव १२०० विद्यार्थीहरु अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया