×

चितवन । अत्यधिक गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द भएका छन् ।खैरहनी नगरपालिकाले स्थानीय बिदा कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच दिन विद्यालयहरु बिदा गरेको हो ।

नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले बिदा दिनु परेको जनाएको छ

तपाईको प्रतिक्रिया