चितवन । जापानमा हराइरहेकी भरतपुर महानगरपालिका–१२ की आरती खनालको शव समुन्द्री किनारमा भेटिएको छ ।मे ८ मा समुद्रको नजिकै फेला परेको शव जापानको ओसाकाबाट मार्च १७ देखि हराइरहेकी खनालको नै रहेको पुष्टि भएको हो ।

ओसाका प्रहरीले एनआरएनए जापानलाई गराएको जानकारी अनुसार प्राप्त शवको अस्पतालद्वारा गरिएको डीएनए परीक्षणबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको आरतीको भिनाजु हरिप्रसाद न्यौपानेले  जानकारी दिए । उनले भने, ‘ के कारणले घटना घट्यो भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

एनआरएन जापानकी प्रतिनिधि संगिता अधिकारीलाई भेट्न आरतीकी आमा राधिका खनाल अहिले काठमाडौमा छन् । परिवारको आर्थिक अवस्था कमजोर भएकोले उनको शवलाई चितवन ल्याउन सबैको सहयोग आवश्यक पर्ने परिवारले जनाएको छ । भिनाजु न्यौपानले भने, ‘ अहिले परिवार सबै विक्षिप्त रहेकोले शवलाई के गर्ने कसरी नेपाल ल्याउने भन्ने केही निर्णय गर्न नै सकेको छैन ।

तपाईको प्रतिक्रिया