×

चितवन । चितवनमा लागुऔषध (खैरोहेरोइन) सहित २ युवा पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ५ का २४ बर्षीय बिर्मश शाही र वडा नं. ७ घर भएका १९ वर्षका आयुष गुरुङ ४ ग्राम ७०० मिलिग्राम खैरोहेरोइन सहित पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय नारायणगढको टोलीले भरतपुर महानगरपालिका वडा नं. ४ यज्ञपुरीबाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनिहरुको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया