व्यवसायी कँडेल मृत्यु प्रकरणः दुईजना विरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी
चितवन । चितवनका व्यवसायी तथा नेपाली कांग्रेसका नेता शंकर कँडेल मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको भन्दै दुईजना विरुद्ध किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कँडेलको परिवारले उनको सुसाइड नोटको आधारमा उजुरी दिएको प्रहरीको भनाई रहेको छ ।
कँडेल नेतृत्वमा केहि अघिसम्म रहेको अनमोल फिड्स प्रालि बिक्रीपछि खरिदकर्ता प्रदीप रुङ्गटा र कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावल र एकजना चार्टर एकाउन्टेले नियमित मानसिक तनाव दिएपछि आत्महत्याको लागि कँडे...


