×

चितवन । चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले लगाएको ताला प्रहरीले फुटाएको छ । आज दिउँसो प्रहरीले विगत एक महिनादेखि नेविसंघले लगाएको ताला फुटाएको हो । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले विद्यार्थीहरुले पठनपाठनसँगै प्रशासनिक कामहरु तथा परीक्षासमेत हुन नसकेको गुनासो गरेपछि ताला फुटाएको छ ।

स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।

तपाईको प्रतिक्रिया