चितवन । नेपाली विद्यार्थीहरुलाइ उच्च शिक्षा अध्ययनका लागि जापान पठाउदै आएको इमेज इन्स्टिच्यूटले चितवनको माडीमा जापानीज भाषा कक्षा सुरुवात गरेको छ ।माडी नगरपालिका वडा नं.३ बसन्तपुरमा अवस्थित इमेजको माडी शाखाबाट जापानीज भाषाकक्षा सुरु गरिएको हो । इमेजका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले विद्यार्थी र अभिभावकहरुको चाहनालाई ध्यानमा राखेर माडीबाटै कक्षा सुरु गरेको बताउनुभयो ।
विहान ८ वजेदेखि ९ बजेसम्म र विहान ११ बजेदेखि मध्यान्न १२ वजेसम्म हाललाई २ सिफ्टमा कक्षा सञ्चालन गरिएको उहाँले बताउनुभयो । आजभन्दा एक महिनाअघि गत चैत्र २४ गते इमेजले माडीको बसन्तपुरमा शाखा कार्यालय स्थापना गरेको थियो ।इमेजले माडीबाटै जापानीज भाषाको कक्षा सुरु गरेपछि माडीका विद्यार्थीहरुले जापानीज भाषा पढ्नका लागि भरतपुर आई कोठा भाडामा लिएर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
विगत १८ वर्षदेखि निरन्तर सञ्चालित चितवनको पुरानो तथा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरुलाई जापान पठाउदै आएको इमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोकप्रिय बन्न सफल भएको छ । चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।