चितवन । नेपाल प्रेस युनियन चितवनको नवौँ जिल्ला अधिवेशन बुधबार हुँदैछ । भरतपुर महानगरपालिका वडा नं. ११ बसेनी स्थित संस्थाकै कार्यालयमा नवौँ अधिवेशन आयोजना गरिएको प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जानकारी दिए ।
अधिवेशनको एक समारोहका विच प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले आगामी तीन वर्षका लागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।अधिवेशन मार्फत युनियनको नेतृत्वको लागि हालका अध्यक्ष अनिल ढकाल र उपाध्यक्ष सूर्यप्रसाद अधिकारीले चाहना राखेका छन् ।
युनियन चितवनका झण्डै २०० सदस्यले नयाँ नेतृत्व चयनका लागि मतदान गर्नेछन् । सकभर सहमतिमै नेतृत्व छनौट गर्ने नभए लोकतान्त्रीक विधी(मतदान) मार्फत नेतृत्व चयन गर्ने प्रेस युनियनले जनाएको छ ।



उज्यालो खबर




