मिलिनियम कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
चितवन । चितवनको भरतपुर–१० बालमन्दिर चोकमा रहेको मिलिनियम मोडल कलेज एवम् इडेन गार्डेन इङ्गलिस सेकेण्डरी स्कुलले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले आज (शुक्रबार) औपचारिक कार्यक्रम गर्दै कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत गरेको हो ।कार्यक्रममा मिलिनियम मोडल कलेजका क्याम्पस प्रमुख ईश्वरीराज पण्डितले विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको संक्षिप्त जानकारी गराउनुभएको थियो ।
मानविकी, व्यवस्थापन तथा शिक्षा सङ्कायमा कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भइरहेको भन्...


